भर्खरै

काठमाडौं : उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।  निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न  ...

काठमाडौं : तमु (गुरुङ) जातिको परम्परागत पर्व ट्होटेका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार बिदा दिएका छन् । मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन् । तीनै पालिकाले सूचना जारी गरी गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, श...

काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक ...

रुसले सोमबार आगामी ४८ घण्टामा ‘खतरनाक’ बाढीको चेतावनी दिएको छ।  तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजाकस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेको छ।  यसैबीच ओर्स्क शहरमा सो...

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो। कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमः ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईको जितमा कप्तान रुतु...

काठमाडौँ : राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा मुद्दा दायर गरेपछि अमेरिकी लगानीमा सञ्चालित कम्पनीहरू शक्ति केन्द्र धाउन थालेका छन्। अमेरिकी लगानीबाट नेपालमा सञ्चालित ५० वटा कम्पनीहरूको एसोसिएसन अमेरिकी चेम्बर अफ कमर्सले आज अर्थमन्त्री वर्षमान पुनसँग भे...

काठमाडौँ : अमेरिका र वेष्ट इण्डिजमा आगामी मेमा हुने आईसीसी टी-२० विश्वकपअगाडि नेपालले वेष्ट इण्डिज ए सँग टी-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट एशोसिएशन (क्यान)ले आज बेलुकी जनाएअनुसार सो टी-२० शृंखलामा ५ खेल हुने छन्। सबै ५ वटै खेल कीर्तिपुरस्थित टीयू ...

काठमाडौँ : ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडेजात्रा मनाइन्छ। काठमाडौँको टुँडिखेलको घोडेजात्राभन्दा पुरानो मानिने यो घोडे जात्रामा एउटा मात्रै घोडामा यात्रा गरिन्छ।  बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले यो जात्रा सञ्चालन गर्दै आएको छ। यो जात्र...

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन्। संघीय खानेपानी तथा ढल निकास विभागद्वारा सोमवार धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरीय खाने...

विराटनगर : केन्द्रको सत्ता समीकरण फेरबदल भएको करिब एक महिनापछि यतिवेला कोशी प्रदेशमा पनि राजनीतिक उथलपुथल शुरु भएको छ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको केदार कार्की नेतृत्वको सरकारमा साझेदारी गरेको माओवादी केन्द्र र विपक्षी दल एमालेका सांसदले...

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले बलम्बिुस्थित सशस्त्र प्रहरी बल नेपालको जिन्सी सामान राख्ने केन्द्रीय गोदाम घरमा भएको आगलागीका सन्दर्भमा सिसी क्यामरा हेरेर जाँच गर्न निर्देशन दिएका छन्। आगाली भए लगत्तै घटनास्थलमा पुगेका उनले आगलागीको कारण पत्ता लगाउन र सिसी क्य...

काठमाडौँ : आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ ...

डोल्पा : हिमाली जिल्ला डोल्पाको सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन्। ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण...

काठमाडौँ : केही दिनअघि कास्की पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने‚ ‘कसैले केपी ओली बिनाको एमाले भने। दया लागेर आउँछ। केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला। मैले पोहोर परार भनेको थिए, जुँगा कालाकाला भएका छन्।...

पर्सा : संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ।  मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध नि...

काठमाडौं : विद्यार्थीहरूले नि:शुल्क छात्रवृत्ति पाउने कानुनी व्यवस्था छ। त्यसो त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २२ गते नै निजी लगानीका (संस्थागत) विद्यालयमा शैक्षिक सत्रको सुरूमा नै विद्यार्थी भर्ना‚ छात्रवृत्ति छनोट र वितरण तथा शुल्कको मापदण्ड नि...

काठमाडौँ : काठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सशस्त्र प्रहरीको जिन्सी सामान राखेको गोदाम घरमै आगलागी भएको हो। उक्त गोदाम घर...

काठमाडौँ : नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्राडा. चेतराज पन्त फेरि निर्वाचित भएका छन्। भरतपुरको चितवनमा सम्पन्न २८औँ केन्द्रीय सभा तथा अधिवेशनले प्राडा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्...

काठमाडौँ : काठमाडौँस्थित बलम्बुमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सशस्त्र प्रहरीको जिन्सी सामान राखेको गोदाम घरमै आगलागी भएको हो। उक्त गोदाम घरम...

धनुषा : जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विश्वकर्मा चोकमा २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए। प्रवक्ता अवाका अनुसार विश्वकर्म...