|

काठमाडौं : यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्‍चालनमा आएको छ। बैंकले यातायात व्‍यवस्था कार्यालय एकान्तकुनामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

बैंकको यस काउन्टरमार्फत सेवाग्राहीहरूले राजस्‍व तथा दस्तुर भुक्तानी गर्न सक्नेछन्। सिभिल बैंकले देशभरमा गरी १ सय १४ वटा शाखा, ३ एक्सटेन्सन काउन्टरमार्फत पाँच लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.