|

काठमाडौं : नेपाल बङ्गलादेश बैंकले नेपाल सरकारलाई ६६ लाखबराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण  गरेको छ।

बैंकको २७ औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टीकापुर अस्पताललाई पनि ४ लाखको  आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनटेर खरिद गर्ने बताइएको छ।  

आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रकम र स्वास्थ्य सामाग्री हस्तारण गरेको हो।

नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो। नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो।

यस बैंकमा मित्र राष्ट्र बंगलादेशको IFIC बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुविधा दिँदै आएको  बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.