|
फाइल तस्वीर

काठमाडौं : निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवार भएकाहरूको खर्च विवरण माग गरेको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सबै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा उनीहरूले गरेको खर्चको विवरण पेश गर्न निर्देशन दिएको हो।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका उम्मेदवारले हालसम्म खर्च विवरण बुझाए नबुझाएको यकिन गर्न आयोगले मातहतका सबै निर्वाचन कार्यालयहरूलाई पनि निर्देशन दिएको छ। साथै खर्च विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरी आवश्यक कारबाहीका लागि सिफारिशसहित आयोगमा पठाउन भनेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचन आयोग ऐन, २०७३ र स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले एक महिनाभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारहरूले चुनावी खर्चको विवरण बुझाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.