|

काठमाडौं : किरात वाम्बुले राई भाषामा ‘सुम्निमा’ नाटक मञ्चन भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक नाट्य उत्सव २०७९ मा नाटक प्रदर्शन गरिएको हो।

मंगलबार थापागाउँस्थित कुञ्ज थिएटरमा नाटक मञ्चन भएको हो। कविराज राई र रूपेश लामाको निर्देशकमा बनेको सुम्निमा नाटकमा ​श्रृष्टि राई,विपिन राई,मोहन राई,रक्की राई,स्वागत राई,निलेस राई,प्रेरणा राई,एलिना राई,श्रृष्टि राई,नरेश राई र असन राई कलाकार थिए।

ग्रामीण किरात समुदायमा निर्दोष नारीमाथिको प्रताडनालाई नाटकको विषयवस्तु बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.