|

काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा  नेकपा एमालेनिकट भ्रातृ संगठन (युवसंघले) रोपाइँ कार्यक्रम गरेको छ।

ललितपुरको बुङमतीमा आयोजना गरिएको रोपाइँ जात्रा कार्यक्रममा विभिन्न नेता कार्यकर्ताहरू उपस्थित थिए।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

नेपालमा धान दिवसका दिन सस्तो लोकप्रियताका लागि हिलोमा चुबलिने संस्कार बसे पनि व्यावसायिक किसिमले खेती गर्ने परम्परा र संस्कार भने घट्दै जान थालेको सत्य हो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.