|

काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।

काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।

यसअघि आइतबार बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियाे।

 केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स–साना भूकम्प भइरहेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.