भ्रष्टाचारलाई न्यूनीकरण गर्न आफू राजनीतिमा आएको जिकिर

|

काभ्रे : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आउँदो मंसिर ४ गतेको निर्वाचनपछि नेपालको राजनीतिको कोर्स नयाँ बाटोमा जाने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको भेलालाई सोमबार बनेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘यो पटक नेपालको राजनीतिको कोर्स फेर्नै पर्छ, अब नयाँ बाटो लिनै पर्छ,’ उनले भने, ‘त्यसका लागि दल परिवर्तन गर्न के छर्किनु पर्छ, बाचा फेर्नको लागि के गर्नुपर्छ, कहाँ पूजा गर्नुपर्छ, यहाँ जानकार पण्डितहरू हुनुहुन्छ। उहाँहरूसँग कुरा गर्नुहोला। कहाँ क्षमा पूजा गर्नुपर्ने हुन्छ, गर्नुस्, त्यहाँ जल चढाउन म पनि आइपुगुँला तर अब त्यो वाचा बदल्नुस्।’ उनले भने।

अध्यक्ष लामिछानेले थपे, ‘यो देशका आम नागरिकको समस्या बषौँदेखि सुन्दै आएको हुनाले आम जनताको दुःख हाम्रो प्राथमिकता हो। तिनलाई पहिला समाधान गर्ने वचनबद्धता व्यक्त गर्छु।’

 लामिछानेले आफूहरू हरसमय जनताको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताए। उनले भ्रष्टाचारलाई न्यूनीकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफू राजनीतिमा आएको जिकिर गरे।

उनले आफ्नो पार्टीमा आउन चाहनेले आफूभित्रको इमान्दार छवीलाई आगाडि ल्याउनुपर्ने बताए।

‘हाम्रो पार्टीमा क्षमता र योगदानको आधारमा जिम्मेवारी दिन्छौँ। हामी कसैको योगदानलाई अवमूल्यन गर्दैनौँ, योगदानको कदर गछौँ, शिरमा राख्छौँ,’ उनले भने, ‘पार्टीलाई योगदान दिएको छ भनेर जिम्मेवारी दिँदै गर्दा देशलाई योगदान दिने मान्छे छुट्नु हुँदैन, यसमा हाम्रो पार्टी सचेत छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.