|

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कात्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा स्थानीयस्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेस्नरी लगायतका शैक्षिक सामाग्री वितरण गरी मनाउँदै आएको छ।

यस वर्ष पनि असोज ३१ देखि कार्तिक ६ गते सम्म सप्ताहव्यापी कार्यक्रममार्फत सोही  प्रकारका गतिविधिहरुलाई निरन्तरता दिइने संस्थाले जनाएको छ।

यति मात्र नभएर जन समुदायमा जीवन बिमा प्रतिको चेतना वृद्धि गर्न निकै आवश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्‍याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बिमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विशेष प्राथमिकतामा राखिने पनि कम्पनीले जनाएको छ।

त्यसैगरी, विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सरसफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरू रहेको कम्पनीले जनाएको छ।

कम्पनीका नियमित गरिने कामबाहेक कम्पनीको विशेष दिन सम्पूर्ण कर्मचारी, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाज प्रतीको उत्तरदायित्व बोध गरी केही योगदान गर्न पाउँदा विषेश सन्तुष्टी प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.