|

काठमाडौं : सानिमा बैंकले Partnership for Carbon Accounting Financials(PCAF) सँग साझेदारी गरेको छ। जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्नेछ।

(PCAF) विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो।

एऋब्ँ मा विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूको सहकार्य भइसकेको छ। साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनितिव्र रुपमा विस्तार भइरहेको छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्‍याउने बताए।

सानिमा बैंकले सातै प्रदेशमा १२९ वटा कार्यालय र १२२ एटिएमहरु संचालन गरी सेवा दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.