|

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौताबमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने भएको छ।

बुधबारका दिन नेपाल नागरिक उडड्यन प्राधिकररण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा  बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समता पन्त र नेपाल नागरिक उडड्यन प्राधिकराका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख श्री विक्रमराज गौतमले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने बताएका छन्।

त्यसैगरी नेपाल नागरिक उडड्यन प्राधिकराका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख श्री विक्रमराज गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्नेछ र आगामी दिनमा नेपाल बैंक र नागरिक उडड्यन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.