|

काठमाडौं : सानिमा बैंकले नेपालमै पहिलो पटक क्युआर कोड समाहित शैक्षिककर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ । 

विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरूले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरूमा गर्नुपर्ने हुन्छ। त्यसैले, यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्युआर कोडसहितको कर्जा स्वीकृतिपत्र सानिमा बैंकले ल्याएको छ ।

हाल कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायहरूबाट पटक-पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृतिपत्रमा उल्लेखित क्युआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ। यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्ने विश्वास गरिएको छ । 

सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ। बैंकले अधिकतम रु.१ करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ । 

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरू र १२३ वटा एटिएम सञ्जाल रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.