|

धनकुटा : यसपटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभामा ३६ र प्रदेशसभातर्फ २३ वटा राजनीतिक दलले धनकुटामा सय मत पनि पाउन सकेनन्।

धनकुटामा प्रतिनिधिसभा चुनावमा ४७ दल रहेकामा ३६ र प्रदेशसभामा ३६ दल रहेकामा २३ दलले सय मत पनि पाउन नसकेका हुन्।

धनकुटामा प्रतिनिधिसभातर्फ सय मत नकटाउने राजनीतिक दलले २ देखि ८९ मत मात्र पाएका छन् भने प्रदेशसभामा २ देखि ९८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।

प्रतिनिधिसभातर्फ जनमत पार्टीले ८९, आमूल परिवर्तन मसिहा पार्टी नेपालले ६८, एकीकृत शक्ति नेपालले ६१, हाम्रो नेपाली पार्टीले ६०, नेपाली जनता दलले ५२, नेपाल लोकतान्त्रिक पार्टीले ४१, नेपाल मजदुर किसान पार्टीले ४० र जनजागरण पार्टी नेपालले ३० मत ल्याएको श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय जनमोर्चाले २९, नेपाली काँग्रेस (वीपी) ले २२, राष्ट्रिय जनमुक्ति पार्टीले २०, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले १९, जनसमाजवादी पार्टी नेपालले १७, नेपाल समावेशी पार्टीले १६, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले १५ र नेपाल आमा पार्टीले पनि १५ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीले १४, नेपालका लागि नेपाली पार्टीले १३, नेपाल कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले १२/१२, नेशनलिष्ट पिपल्स पार्टीले ११, नेपाल संघीय समाजवादी पार्टीले १०, पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले ९ र नेपाल कम्युनिष्ट पार्टी परिवर्तन र विवेकशील साझा पार्टीले ८/८ मत ल्याएको श्रेष्ठले बताए।

राष्ट्रिय नागरिक पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता पार्टी, बहुजन शक्ति पार्टी, मौलिक जरोकिलो पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ७/७ मत, तराई मधेश लोकतान्त्रिक पार्टीले ५ मत, मितेरी पार्टी नेपालले ३ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र जनता प्रगतिशील पार्टी नेपालले २/२ मत पाएको कार्यालयले जनाएको छ।

प्रदेशसभातर्फ नेपाल लोकतान्त्रिक पार्टीले ९८, आमूल परिवर्तन मसिहा पार्टी नेपालले ९७, नेपाली जनता दलले ६७, नेपाल आमा पार्टीले ५१, सामाजिक एकता पार्टीले ३५, जनसमाजवादी पार्टी, नेपालले ३३ मत पाएका छन्।

जनजागरण पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीले ३०/३०, नेपाली काँग्रेस (वीपी) ले २८, नेपालका लागि नेपाली पार्टीले २७, खम्बुवान राष्ट्रिय मोर्चा नेपालले २०, विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले १६/१६ मत ल्याएको कार्यालयको भनाइ छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले १५/१५, मौलिक जरोकिलो पार्टीले १३, नेपाल मजदुर किसान पार्टीले ११, नेपाल कम्युनिष्ट पार्टीले ९, नेपाल जनता पार्टीले ८, किरात खम्बुवान साझा पार्टीले ७, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ६ र बहुजन शक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले २/२ मत पाएका छन्।

प्रदेशसभातर्फ धनकुटामा नेकपा एमालेले २९ हजार ७६५, नेपाली काँग्रेसले १९ हजार ५७६, नेकपा माओवादी केन्द्रले ३ हजार ९९१, जनता समाजवादी पार्टी नेपालले ३ हजार २३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ६५६, नेकपा एकीकृत समाजवादीले २ हजार १९७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ मत ल्याएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ८ सय ९२, हाम्रो नेपाली पार्टीले २०९, मंगोल नेशनल अर्गनाइजेशन २०१, नेकपा (माले)ले १६०, नेशनलिष्ट पिपल्स पार्टीले १५४ र जनमत पार्टीले १४५ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेले २९ हजार ४०७, नेपाली काँग्रेसले १८ हजार १३५, नेकपा माओवादी केन्द्रले ४ हजार ८३८, जनता समाजवादी पार्टी नेपालले ४ हजार १८२, राष्ट्रिय स्वतन्त्र पार्टी ३ हजार ९७९, नेकपा एकीकृत समाजवादीले २ हजार ४४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७९१ मत पाएका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३६२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १५२, नेकपा (माले) ले १४२ र मंगोल नेशनल अर्गनाइजेशनले १२६ मत पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.