|

काठमाडौं : सानिमा बैंकले १८ जोडीलाई सौराहा घुमाउने योजना सार्वजनिक गरेको छ। 

आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा बैंकले यस्तो अफर सार्वजनिक गरेको हो। सानिमा बैंकले यही मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदैछ। यस अवसरमा बैंकले एफवान सफ्टसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यस्तो योजना ल्याएको हो। 

भ्रमणका लागि योग्य हुन ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरू गर्नुपर्ने बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए। 

त्यस्तो कारोबारहरू २ सय रूपैयाँभन्दा बढी र कम्तीमा एउटा टपअप समावेश हुनुपर्नेछ। ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्टआदि जस्ता कारोबारहरु गर्न सक्नेछन्। 

यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागि लागू हुनेछ । योजना अवधिभर ग्राहकहरूले सानिमा मोबाइल बैंकिङ्गमार्फत् गरेका कारोबारहरूलाई यस योजनामा समावेश गरिने छ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.