|

काठमाडौं : सानिमा बैंकले१८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ। उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता रहेको बैंकले जनाएको छ।

उक्त खाता शून्य मौज्दातमा खोल्न सकिने तथा खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क),डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिने पनि बैंकले जनाएको छ।

साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरका भिसा नेटवर्क एटिएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क ई स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ।

यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम÷छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५% छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८% छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८% छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८% छुट दिने व्यवस्था गरेको जनाएको छ।

यस खाताले युवा वर्गहरूबीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ ।सानिमा बैंकले देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालबाट सेवा दिइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.