|

पर्वत : अफ्रिका महादेशको एउटा देश इथियोपिया। ‘सव सहारान अफ्रिकन’ देशहरूमध्येमा तीव्र आर्थिक विकासको अवस्थामा रहेको इथियोपिया कृषिमा निकै प्रतिबद्ध रहेको देखिन्छ।

कुनै बेला खाद्य संकटबाटै गुज्रिएको इथियोपिया अहिले भने कृषिबाट नै आफूलाई अब्बल बनाउन लागि परेको देखिन्छ। कृषिसहित औद्योगिक विकासमा क्षमताको उच्च प्रयोग गर्दै आएको उक्त देशले देशको पूर्वाधार निर्माण र कृषि कर्मको व्यवस्थापनमा मिहिनेत गरेको छ।

देशको अर्थतन्त्रको मुख्य क्षेत्र नै कृषि रहेको इथियोपियाको सन २०२० को तथ्याङ्क हेर्दा ‘ग्रस डोमेस्टिक प्रोडक्ट’ मा ३६ प्रतिशत रहेको देखिएको छ।
मानवीय बस्ती र उत्पादन मूलक क्षेत्रको व्यवस्थापनमा इथियोपियाले मिहिनेत गरेको कुरा त राजधानी अड्डीस अबाबसहित त्यहाँबाट टाढासम्मका गाउँहरूमा गरिएको खेतीले प्रमाणित गरिदिन्छ। करिब सबै जमिनमा केही न केही खेती गरिरहेको र उत्पादन पनि राम्रो देख्न सकिने त्यहाँको खेती हेर्दा जो कसैको पनि मन लोभ्याउँछ।

तर पनि इथियोपिया गरिबी धेरै भएको देशका रूपमा परिचित छ। मानव अधिकारको कम ध्यान दिइने भनिएको त्यहाँको साक्षरता प्रमित ४९ प्रतिशत रहेको छ।
फेडरल डेमोक्रेटिक रिपब्लिक अफ इथियोपिया भूपरिवेष्टित राष्ट्र हो। इरिट्रिया, जिबोउटी, सोमालिया, केन्या, दक्षिण सुडान र केन्यासँग सिमाना जोडिएको उक्त देशको क्षेत्रफल ११ लाख हजार वर्ग किलोमिटर रहेको छ। एक सय १३ दशमलव ५ मिलियन जनसंख्या रहेको इथियोपिया अफ्रिका महादेशमा जनसंख्याको आधारमा नाइजेरियापछिको दोस्रो ठूलो देश हो।

काठमाडौंदेखि दक्षिण सुडानको राजधानी जुबा जाने क्रममा इथियोपियाको आकाश तथा राजधानी अड्डिस अबाबमा रहेको विमानस्थलबाट कैद गरिएका केही तस्वीरहरू।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.