|

काठमाडौं : समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको भिभोले सन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना सम्पन्न गरेको छ।

मंसिर २६ गते भएको उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकहरु लगायतको उत्साहजनक सहभागी रहेको थियो। शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए। कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो।

भिभो नेपालका सिइओ माइकलले भने, “एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा, हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तिकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो। हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरुप्रति आभारी छौं। हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.