|

सल्यान : साविकको कोटमौला गाविस सुन्तला गाउँका रुपमा परिचित छ। साविकको कोटमौला गाविस हाल बागचौर नगरपालिकाको वडा नम्बर ८ र ९ पर्छ।

कोटमौलाका किसानलाई यतिवेला बारीमा पहेँलपुर भएका सुन्तला टिप्न र गाडीमा लोड गर्न भ्याइ नभ्याइ छ। कोटमौलाको सुन्तला, कपुरकोटको तरकारी र माल्नेटाको अदुवाले ख्याति कमाएका छन्, देशैभरि।

सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन अहिले सल्यानका फलफूल किसानलाई। बगैंचामा आइपुग्ने व्यापारीले बजार लैजान्छन्। आँगनमै सुन्तला बेचेको रकम हातमा पर्ने भएकाले किसानहरू पनि यतिवेला मख्ख छन्।

सुन्तला नेपालको मध्यपहाडी भेगमा उत्पादन हुने फल हो र यो समुन्द्री सतहको १ हजारदेखि १ हजार ४ सय मिटरसम्मको उचाइमा फल्छ। बिरुवा रोपेको ५ वर्षदेखि फल लाग्न थाल्छ।

विगत वर्षहरूभन्दा यस वर्ष सुन्तलाको उत्पादन राम्रो हुँदा किसानहरू पनि सुन्तला खेतीप्रति हौसिएका छन्। यस वर्ष सल्यानमा ८ हजार ३७६ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको अनुमान छ। गत वर्ष ६ हजार ८० मेटिक टनमात्र उत्पादन भएको थियो।

जिल्लाभर १ हजार ६ सय हेक्टरमा सुन्तला खेती हुँदै आइरहेको छ। जसबाट वार्षिक २५ करोड रूपैयाँसम्म भित्रिँदै आएको छ।

तस्वीरमा सल्यानी सुन्तलाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.