|

विकास के हो भनेर सजिलै भन्न नसकिने अमूर्त कुरा हो। यो शब्दले व्यक्ति, समाज, राज्य र समग्र विश्वको अवस्थाको विश्लेषण गर्न बाध्य गराउँदछ। व्यक्ति, समाज तथा समग्र राज्यको विकासको अवस्था अरुहरूको समग्र विकासको तुलना गरेर बुझ्ने गरिन्छ। अरुले उपयोग गरिरहेको सुखभोग र आनन्द प्राप्ति गरेको अवस्थालाई मात्र विकास भएको भनेर बुझ्ने परम्परा छ।

कहिले परिवर्तनको फड्को मार्न कठिन हुन्छ भने कहिले प्राप्त उपलब्धि जोगाउन कठिन हुन्छ। विश्वमा यति धेरै विकासका स्वरुपहरू देखा परे कि अनुमान गर्न पनि कठिन हुन्छ। सूचना, सञ्चार, यातायात, विद्युत्, प्रविधि लगायतका क्षेत्रमा भएका यति धेरै परिवर्तनहरू अनुमान गर्नसमेत कठिन विषयहरू हुन। जब कि अहिले हामी उपयोग गर्न समेत धेरै तालिम लिनु पर्छ भने आविष्कारको त कुरै छाडौँ।

विकास शब्द आफैमा बहुअयामीक शब्द हो। यसका क्षेत्र धेरै छन्। समग्र मानव जीवनमा ल्याउने सकारात्मक परिवर्तनका सुचकहरूको अवस्थालाई र त्यसले दिने मानविय सन्तुष्टिलाई नै  विकास भन्ने गरिन्छ। बेलायतको पुनर्जागरणकालको कुरा गर्ने हो भने पनि बुझ्न सकिन्छ कि विकास गर्नु मात्रै महत्वपूर्ण कुरा होइन ती उपलब्धिहरूलाई टिकाइ राख्नु पनि महत्वपूर्ण कार्य हो। 

सवै नागरिकहरू समान कानुनी दायरामा छैनन्। गलत प्रवृतिका काम र क्रियाकलापहरूको खवरदारी गर्नुको सट्टामा नेताहरूको चाकडीमा लामबद्ध छन्। अनि कसरी विकास र समृद्धिको कुरा पूरा हुन सक्ला त ?देशलाई डुबाएर दललाई उठाउन खोज्ने र दल भन्दा माथि व्यक्तिलाई सर्वेसर्वा ठान्ने गलत प्रवृत्तिको विकास रोक्नु आजको आवश्यकता हो।

विश्व समाज आज निकै अगाडि बढिसकेको छ। तर, के हुनुपर्ने भन्ने कुरा यकिन गर्न सबै मानिसको सामान्य दिमागले सक्दैन। समाजको बारेमा फरक र वैज्ञानिक धारणा राख्नेबित्तिकै सबैले स्वीकार गर्न सक्दैनन्। यसको उदाहरणको लागि महान दार्शनिक सुकरातलाई लिन सकिन्छ।

उनले समाज प्रति राखेको धारणाका कारण उनलाई मृत्युदण्ड दिँदा बहुसंख्यकहरूले तालि बजाएकै हुन्। तर अहिले सबै जसोले महान व्यक्तित्वको रुपमा स्विकार गरेकै छन्। यसर्थ समाजको विकासलाई खुल्ला आँखाले देख्न सकिन्न। यो त भोग्ने कुरा मात्र हो।

विश्वमा विभिन्न रूप र स्वरुपमा मानव समुदायहरू रहिआएका छन्। सामाजिक नियमहरू समाजको व्यवस्थापन गर्न कानुन स्वरुप बनेका हुन्। त्यस बेला ति सामाजिक नियमहरूलाई पनि विकास भएको मानियो। त्यो कुरा सबैलै सहर्ष स्विकारेको पनि थियो। तर ती तथ्यमा आधारित थिए त?

विश्व मानव समाजको कुरा नगरी नेपाल र नेपाली समाज विकासको कुरा गर्ने हो भने के नेपालका मानिसहरूले मानिस भएर बाँचेका थिए होलान् त? दास प्रथा, सती प्रथा, हलिया प्रथा, कमैया प्रथालगायत यस्था थुप्रै प्रथा तथा विकृतिहरू विद्यमान थिए। त्यो बेलामा ति समाजिक व्यवस्थालाई बेठिक भन्नेहरू कमै भेटिन्थे र बेठिक भनेबापत सजायका भागिदार हुन्थे।

अहिले ती पुराना प्रथाहरू गलत हुन् भनेर स्विकारेकाहरूले वर्तमानमा झाँगिदै गरेको दाइदो प्रथा, छाउपडी प्रथा साथै भड्किलो सामाजिक व्यवहारलाई किन गलत भन्न नसकेका?  आफ्नो धारणा राख्न नसक्ने र बनाएको धारणा प्रस्तुत गर्न नसक्नेहरूको ताँती भेडाको शैलीमा हुन्छन्। तर परिवर्तित फरक धारणा राख्नेहरू अत्यन्तै कम हुन्छन्।

विश्वका मानिसको स्वभाव झैँ नेपालीहरू पनि छन्। अपवाद स्वरुप नेपालमा सती प्रथाको अन्त्य तानाशाही राणा सरकारवाट भयो। उनि परिवर्तनकारी भएर होइन। उनका ज्वाँइको मृत्यूमा प्यारी बहिनीलाई सती जान रोक्न बनाएको नियमका कारण समग्र समाजले फाइदा लिन पायो। यसरी क्रमिक रुपमा समाजका केहि गलत प्रवृत्ति करेक्सन हुँदै गएका छन्। यिनलाई सकारात्मक विकासका रुपमा लिन सकिन्छ। 

अहिले इलामका प्रेम आचार्य नामका एक नागरिकले ऋण तिर्न नसकेको भनेर आत्महत्या नोट लेखेर सरकारलाई सुझाव पेश गर्दै आत्मदाह गरेका छन्। यो एउटा प्रतिनिधि घटना मात्र हो। उनको यो कार्यलाई कसैले कायरता भनेका छन् भने कसैले राज्यलाई दोष दिएका छन्। वास्तवमा यो घटनाले समग्र्र नेपाली नागरिकहरूको प्रतिनिधि समस्याको उजागर गरेको छ।

नेपाल अहिले विकासको चक्रव्युहमा फसिरहेको छ। सरकार तथा क्रियाशिल राजनीतिक दलहरूले के लाई विकास भन्ने र कसरी अगाडी बढ्ने भनेर निश्चित योजना बनाएर अगाडि बढ्न नसकेको देखिन्छ। अहिलेका राजनितिक दलहरू अरु दललाई गिराउन सकेको खण्डमा आफु सफल भएको अनुभव गरिरहेका छन।

आफू लोकप्रिय बनेको देखाउने खोक्रो तर्कहिन अभ्यास गरिरहेका छन्। तर तथ्य के हो भनेर खोजी गर्न आवश्यक छ।

यहाँ ठुला ठूला राजनीतिक परिवर्तनहरू भए। तर नागरिकका अवस्था ज्यूँका त्यूँ नै रहेका देखिन्छन्। अवस्था परिवर्तन गर्न त्यति सजिलो पनि छैन। माछा मार्न दुवाली थुन्दा त पानी सुक्न समय लाग्छ भनेझैँ समाजको विकास टपक्क टिपेर हातमा राखिदिने भौतिक वस्तु भने होइन। यसको लागि तमाम नागरिकहरूमा सही चेतनाको खाँचो देखिन्छ।

समग्र विकास सरकारले गरिदिने होइन। सरकारले त सहजीकरण मात्र गर्ने हो। विकासको खाँचो औँल्याउने र योजना बनाएर सहजिकरणको अपिल गर्ने त आम नागरिकहरू नै हुन। तर नेपालीमा यो अवस्था देखिँदैन। एकातर्फ नागरिक पुर्ण रुपमा सरकार प्रति आशावादी बन्दै गएका छन् भने अर्कोतर्फ सरकार नागरिकप्रति पारदर्शी,उत्तरदायी र जवाफदेहि बन्न तयार पनि छैन। यिनै कुराहरू विचको समायोजन हुन सकेको खण्डमा विकासको आधार तयार बन्न सक्छ।

अहिले इलामका प्रेम आचार्य नामका एक नागरिकले ऋण तिर्न नसकेको भनेर आत्महत्या नोट लेखेर सरकारलाई सुझाव पेश गर्दै आत्मदाह गरेका छन्। यो एउटा प्रतिनिधि घटना मात्र हो। उनको यो कार्यलाई कसैले कायरता भनेका छन् भने कसैले राज्यलाई दोष दिएका छन्। वास्तवमा यो घटनाले समग्र्र नेपाली नागरिकहरूको प्रतिनिधि समस्याको उजागर गरेको छ।

प्रेम आचार्य जस्तै कैयौँ यूवाहरू दिनरात भौतारिएका छन।  जीवनलाई सहज बनाउने प्रयत्नमा जीवन नै सडाउँदै छन। घरी विदेशीयका छन त घरी स्वदेशमा नै उद्यमी बन्ने प्रयत्न गरिरहेका छन्। नागरिकहरूमा काम गर्ने शिप छैन ,काम गर्ने लगानी छैन अनि उत्पादित वस्तुको उचित बजार व्यवस्थापन छैन। गौँडागौँडामा अवरोधका सिकारीहरू गिद्धेनजर लगाएर कुरीरहेका हुन्छन्। काम गर्न कागजी झञ्झट त्यतीकै छ। टाठा बाठा र पहुँचवालाहरूको सर्वेसर्वा र वोलवाला छ।

प्राकृतिक स्रोतसाधनहरूको हिसावले नेपाल सम्भावना नै सम्भावना भएको देश हो। यहाँ नागरिकहरू काम गर्न तयार हुने हो र सरकारले सहजिकरण गरिदिने हो भने सुन फलाउन सकिने अवस्था छ। उर्वर भूमी बाँझो भएर सड्न थालेका छन्। पानी खेर गइरहेको छ। खनिज वस्तुहरूको पहिचान गर्ने काममा कसैको ध्यान नै छैन।

हाम्रो देशमा अहिले विकास र विकासका पुर्वाधार छुट्याउन नसक्ने नागरिकहरू उत्पादन भइरहेका छन्। स्नातकोत्तर उपाधी लिएर बेरोजगार बन्दाको पिडा उसैलाई मात्र थाहा हुन्छ। शिक्षाले बुझाउन नसकेको र नागरिकले बुझ्न नसकेको कुरा शिक्षा भनेको शिप हो र शिप सिकेर नागरिक स्वयं स्वरोजगार बन्न सक्नु पर्छ भन्ने हो।

नागरिकहरूलाई स्वावलम्वी बनाउँदै राज्यका प्राकृतिक स्रोतसाधनहरू र मानव स्रोत साधनहरूको भरपुर उपयोग गर्ने नीति राज्यले लिने हो भने बौद्धिक पलायन र श्रम पलायन हुने थिएन। साथै विदेशमा घट्ने घटनामा नेपालीहरूको यति धेरै कारुणिक समाचारहरू सुन्नु पर्ने पनि  थिएन।

विकास शब्दले सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, शैक्षिक, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा ल्याउने सकारात्मक परिवर्तनलाई जनाउँछ। तर नेपालको परिवर्तन राज्य व्यवस्था परिवर्तनमा मात्र संगठित रुपमा भएको पाइन्छ भने अन्य विकासहरू प्राय गरि जवर्जस्त रुपमा घिस्रियर मात्र भएको छ। योजनावद्ध विकासलाई साच्चै संस्थागत रुपमा अगाडी बढाउने हो भने मात्र देशको कायापलट हुन लामो समय नलाग्ने निश्चित छ।

सवै नागरिकहरू समान कानुनी दायरामा छैनन्। गलत प्रवृतिका काम र क्रियाकलापहरूको खवरदारी गर्नुको सट्टामा नेताहरूको चाकडीमा लामबद्ध छन्। अनि कसरी विकास र समृद्धिको कुरा पूरा हुन सक्ला त ?देशलाई डुबाएर दललाई उठाउन खोज्ने र दल भन्दा माथि व्यक्तिलाई सर्वेसर्वा ठान्ने गलत प्रवृत्तिको विकास रोक्नु आजको आवश्यकता हो।

राज्यका स्रोतसाधनहरूको सही पहिचान गरि र उपयोग गर्नु , नागरिकहरूलाई शासक भन्दा माथि राखेर शुशासनको प्रत्याभुति दिनु, परिवर्तित विश्व परिवेशलाई आत्मसात गरेर अघि बढ्नु साथै विकासका बहुआयामिक पक्षहरूको सही पहिचान गर्नु आजको आवश्यकता हो। विश्व भुमण्डलीकरणको युगमा आम नागरिकहरू सँग हातेमालो गर्दै अगाडि बढ्नुको कुनै विकल्प छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.