|

काठमाडौं : सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा 'बचत र क्यासब्याक सँगसँगै' योजना सार्वजनिक गरेको छ। उक्तयोजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ।

 योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ् जारी गर्ने बताएको छ।  यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड क्यु आर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशतवा रु. ५०० सम्मको क्यासब्याक प्रदान गरिने पनि बैंकले जनाएको छ। क्यासब्याक २०७९ चैत्र १७गतेसम्मगरिने कारोबारमा लागू हुनेछ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो यो जनाल्याएको बताएको छ। सानिमा नारी बचत खाता अनलाइ नखोल्नका लागि बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा क्लिक गरी खोल्न सकिनेछ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु संचालनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.