|

काठमाडौं : मानिसलाई सधैं चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर। जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरू कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरूको फरक–फरक मत छ। तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय बनेको छ। 

घाम, पानी, हावा–हुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो। नेपालमा बाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरूको संस्कृति र मौलिक घर एवं बस्तीहरू हेर्न आउँछन्। 

मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ। विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरूलाई आकर्षण गराएको छ। पर्यटकहरूलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन्। 

शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरू प्रशस्त छन्। साथै आफ्नो रूची, हैसियत अनुसार उपत्यकामै पनि घरहरूका अकार, रङ, शैली फरक फरक छन्। तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै। नेपालमा भित्रिने बाह्य पर्यटकहरू मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन्। 

मौलिकता र सुन्दरताका हिसावले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरू ५० वर्ष पहिला सम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो। तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जस कारण सबैले मौलिक घरलाई छोड्दै क्रंकिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रूपमा परिचित छ।

 उपत्यकाका केही भित्री बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किल प्रायः छ। मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन्। 

पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ। अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरू लोप हुने अवस्थामा पुगेका छन्। पुरानो मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरू शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन्। 

अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिलरको घर बन्न थालेका छन्। यद्यपी काँठ क्षेत्रमा भने अझै पनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरू भने कतै भेटिने गर्छन्।

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.