|

काठमाडौं : लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ। त्यसले केही दिन त धान्ला। लामो समय धान्दैन। तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना शहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ। २०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएका ती घरहरूको अझै स्तरोन्नती हुन सकेको छैन।

यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन। काठमाडौंको न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू टन्नै पाइन्छन्।

अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसहरूको जमात कम छैन। काठ वा फलामको टेकोले अड्याइएको धराप घरहरूमा बस्नेहरू यो क्षेत्रमा छ्याप्छ्याप्ती छन्। कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन्।

कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा। काठमाडौंका बस्तीहरूका घरहरू टेकोले अडिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.