|

बनेपा : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विद्युत्‌को उद्घाटन र सडकको शिलान्यास गर्न काभ्रेको महाभारत पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको उद्घाटन तथा पिंगथली रजवास भुमिचुली बुढाखानी देवीटार कालोपत्रे सडकको शिलान्यास गर्न काभ्रेको विकट महाभारत गाउँपालिका–५ स्थित बुढाखानीमा पुगेका हुन्।

सेनाको हेलिकप्टरमार्फत महाभारत पुगेका प्रचण्डलाई स्थानीय र विद्यार्थीले भव्य स्वागत गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बत्तीको स्वीच अन गरेपछि कार्यक्रमस्थलमा फिट गरेको बत्तीसँगै स्थानीयको घरघरमा जडान गरेका बत्ती एकैपटक बालेका छन्।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार उज्यालो नेपाल अभियानअन्तर्गत पहिलो चरणमा महाभारत गापा–३, ४ र ५ का गरी १ हजार १ घरधुरीमा बत्ती बालिएको छ।

अध्यक्ष जिम्बाले महाभारतमा ३ हजार ३ सय घरधुरीमध्ये २ हजार २ सय घरधुरीमा दोस्रो चरणमा बत्ती बल्ने बताए। ती बाँकी वडासमेत अहिले मिटर बक्स जडान भइरहेको उनको भनाइ छ।

कार्यक्रममा पूर्व मन्त्री सूर्यमान दोङ, बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, पूर्व खेलकुद विकासमन्त्री रत्न ढकाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, खानीखोला गापाका अध्यक्ष इन्द्रबहादुर थिङ लगायता उपस्थित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.