|

काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिँदैछ। 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्य विभाजन हेरफेर गरेसँगै शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी गरिएको हो। मन्त्रालयको नाम र संख्या राजपत्रमा प्रकाशित पनि भइसकेको छ। मन्त्रालयको कार्यक्षेत्र टुंग्याएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्।

कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट छुट्याएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय बनाइएको छ। बाँकी मन्त्रालय भने यथावत् राखिएको छ। कांग्रेसभित्र अझै मन्त्री हुनेको नाम टुंगो लागिसकेको छैन। कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्र थापाको चर्चा छ। 

थापाले आज मन्त्रिपरिषद विस्तार गर्ने भन्ने सुनिए पनि कांग्रेसबाट को को जाने भन्ने टुंगिन बाँकी रहेको थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। सिनियर र जनजाति भएकोले आफूले मन्त्रीमा दाबी गरे पनि टुंगिन बाँकी रहेको उनको भनाइ छ। 

माओवादीले पाउने एक मन्त्रालयमा रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउने बिहीबार नै निर्णय गरिसकेको छ। उनी यसअघि पनि खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका थिए। पार्टीको तर्फबाट आफू सरकारमा जाने लगभग पक्का भइसकेको जुग्जालीले बताए। एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे)लाई पनि मन्त्री बनाउने तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.