|

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ। 

नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर बुधबार १ हजार ८४५ दशमलव ०१ अङ्कमा कायम भएको हो। 

२६६ वटा कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर २५ हजार ६३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अङ्कले बढेको छ। 

बैंकिङ समूह ८ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अङ्कले बढेको छ। 

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अङ्कले बढेको छ। 

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ९३ प्रतिशतले घटेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ५ करोड ४६ लाख ५८ हजार ६८५ बराबरको १ लाख ३६ हजार ११० कित्ता शेयर किनबेच भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.