|

मकवानपुर : भीमफेदी कारागारका ३५  कैदीबन्दीलाई झाडापखला  संक्रमण भएको छ। सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने  तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखा परेको थियो।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला विस्तारै अन्यमा संक्रमण भएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए। 

बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट स्वास्थ्यकर्मीको टोली कारागार पुगेको छ। दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार गरिरहेको जेलर पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.