|

संखुवासभा :निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ। 

अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सात जिल्लामा ५९७ टावर निर्माण गरिने भएको हो। अरुण तेस्रो आयोजनाको ४०० केभी प्रसारण लाइन संखुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्‍याउने बताएको छ। आयोजनाले सोमबार जिल्ला प्रशासन कार्यालय भएको छलफल कार्यक्रममा प्रसारण लाइन निर्माणका बारेमा जानकारी दिएको हो। 

संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, मोहत्तरी हुँदै धनुषा पुर्‍याउने अरुण तेस्रो आयोजनाले जनाएको छ। प्रसारण लाइन आयोजनाको विद्युत् गृह स्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुग्ने छ। प्रसारण लाइनका लागि सङ्खुवासभा ५९, भोजपुर १००, खोटाङ ७९, उदयपुर १४७ , सिरहा २३ महोत्तरी ८७ र धनुषामा १०२ वटा टावर रहने सतलज कम्पनीले जनाएको छ। टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको छ। प्रसारण लाइन निर्माणमा संखुवासभामा ५९ वटा टावर निर्माण गर्ने भएको छ। 

भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ। संखुवासभाको मकालु गाउँपालिका –५  फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा विद्युतगृह स्थलको निर्माणकार्य चलिरहेको  आयोजनाले जनाएको छ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रोबाट ९ मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि करिब एक खर्ब २० अर्ब रुपैयाँ खर्च अनुमान गरिएको छ। प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ।

यो आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.