|

काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर मिति २०८० साल जेठ २० गते शनिवार साइकल र्‍याली आयोजना गर्ने भएको छ।

डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालसँगको सहकार्यमा उक्त र्‍याली गरिने बताइएको छ। गत वर्षदेखि शुरु गरिएको हो। ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्‍यालीमा शुभेच्छुक सबैलाई सहभागी हुन बैंकले आह्वान गरेको छ।

र्‍याली जेठ २० गते शनिवार बिहान ७:०० बजे बैंककै बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट शुरु भई करिब १० कि.मी.को यात्रापछि सानो गौचरणमा सम्पन्न गरिनेछ। साइकल र्‍यालीबाट इन्धनको मितव्ययिता एवं प्रदूषण नियन्त्रणमा टेवा पुर्‍यायाउन समाजमा चेतना फैलाउन योगदान पुग्ने बैंकको विश्वास छ।

र्‍यालीमा साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था सहभागी स्वयंले गर्नुपर्नेछ। र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्ट व्यवस्था गरिएको छ भने चिट्ठाबाट एकजना सहभागीलाई साइकल वितरण गरिनेछ। https://www.shangrilabank.com/cyclerally मा गई र्‍यालीमा नाम दर्ता गराउन सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.