|


पर्वत : जिल्ला प्रहरी कार्यालय गोरखाले स्वास्थ्यकर्मीलाई धम्की दिने, ड्युटीमा रहेका प्रहरीलाई गाली गलौज गर्ने तथा बलात्कारको मुद्दा गरी फरक फरक तीन घटनामा ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठका अनुसार जेठ ९ गते राति गोरखाकै अजिरकोट गाउँपालिका–५ मा बस्दै आएका २२ वर्षीय अनिल विकलाई पक्राउ गरिएको छ। उनलाई सोही दिन राति गोरखाकै सिरानचोक गाउँपालिका–८ जौबारीमा रहेको जौबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट पक्राउ गरिएको हो।

स्वास्थ्य केन्द्रको कार्यालयमा स्टाफ कोठाका ढोका ढकढकाई स्टाफलाई हातपात गर्न खोजेपछि इलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रहरीलाई धम्की दिँदा समातिए मग्राती

प्रहरीको ड्युटीमा बाधा पुर्‍याएको अभियोगमा बारपाक सुलिकोट गाउँपालिका–४ घुनचोकमा बस्दै आएका २५ वर्षीय काजी मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ड्युटीमा रहेको प्रहरी टोलीलाई अपशब्द सहित गाली गलौज तथा धम्की दिएपछि बुधवार साँझ घुनचोककै सिमथलीमा बस्दै आएका मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा मग्रातीले प्रहरीलाई नै धम्की दिएर कर्तव्य पालनामा अवरोध पुर्‍याएको गोरखा प्रहरीले बताएको छ।

पक्राउ परेका मग्राती उपर सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

गोरखा प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पनि एक युवालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार गोरखा नगरपालिका–८ आयुर्वेदचोकमा रहेको एक घरको कोठामा २५ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा गोरखा नगरपालिका–१० बिरेनचोकमा बस्दै आएका ३० वर्षीय नवीन घिमिरे पक्राउ परेका हुन्।

घिमिरेले विगतदेखि नै ती युवतीमाथि पटक पटक जबरजस्ती करणी गर्दै आएको किटानी जाहेरी परेपछि जेठ ९ गते उनलाई पक्राउ गरिएको हो। घिमिरेविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.