|

काठमाडौ :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि शानदार जित निकालेको छ।  ​

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–१ ले पराजित गरेको हो। युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे। चेल्सीका जोओ फ्लेक्सले सान्त्वना गोल फर्काए।

यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ साथै  अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ।

एरिक टेन हाग व्यवस्थापकका रूपमा युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च रहेको छ। 

यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ। उसले अब एफए कपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ। एफए कपको फाइनल जुन ३ मा हुनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.