|

काठमाडौं :  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार दुई खेल हुँदैछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

दिउँसो २ बजे शुरु हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। 

 २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको पुलिस आठौँ जित हात पार्ने दाउमा छ।  २० खेलमा २१ अंक जोडेर पुछारमा रहेको खुमलटार सातौँ जितको खोजीमा हुनेछ। 

यस्तै दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे शुरु हुनेछ।

२० खेलमा २६ अंक जोडेर आठौँ स्थानमा रहेको हिमालयन आज सातौँ जितको खोजीमा रहनेछ। २० खेलमा २६ अंक जोडेर छैटौँ स्थानमा रहेको थ्री स्टार सातौँ जितको योजनामा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.