|

विराटनगर : प्रदेशको पुनः नामकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ।

आज (शुक्रबार) विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी संघर्ष समितिले पहिचानका लागि युवा घोषणा गरेको हो।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्। आन्दोलनका क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएको लिम्बूको १० गते उपचारका क्रममा मृत्यु भएको थियो।

लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ। सोही दिनको शोकलाई शक्तिमा बदलेर आन्दोलन अघि बढाउन पहिचानका लागि युवा घोषणा गरिएको किराँत राई यायोख्खाका महासचिव भीम राईले बताए।

पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको उनको भनाइ थियो।

उनका अनुसार अनुशासित ढंगबाट किराँत राई यायोख्खाको नेतृत्वमा किराँत फोर्स, संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स साथै कुमार लिङ्देन नेतृत्वमा एलभी फोर्स रहेको छ। किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेङले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए।

विद्रोहलाई निष्कर्षमा पुर्‍याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको बताए।

शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारीविरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै उनले शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा जारी गरेको उल्लेख गरे। उनका अनुसार पहिचानका लागि युवा १५१ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.