|

पर्वत : केही समय अगाडिसम्म पर्वतको दक्षिणी क्षेत्रबाट काम बोकेर सदरमुकामका कार्यालयमा आएका नागरिकहरू होटेलमा बास बस्नै पर्ने अवस्थामा हुन्थे। सडकको पहुँच नहुँदा निकै सास्ती भएका उनीहरू गाउँमा आकस्मिक बिरामी परे भने सदरमुकाम कुश्मासम्म ल्याउन नै दिन बित्थ्यो।

तर यो अवस्था अहिले फेरिएको छ। सदरमुकाम कुश्मा बजारबाट मोटरसाइकलमा यात्रा गर्दा डेढदेखि दुई घण्टामा नै पर्वत, स्याङ्जा र गुल्मी जिल्लालाई जोड्ने सेतीवेणी शिलामा पुग्न सकिन्छ। केही घण्टामा पर्वतको सुदूर दक्षिणबाट सदरमुकाम पुग्न सम्भव भएको छ।

सडक निर्माण गर्न कालीगण्डकी नली किनारमा रहेका डरलाग्दा भीरहरूको कटान गरिएको छ। भिरको माथि र तल दुवैतर्फ डर लाग्ने ठाउँमा पनि सडक निर्माण गरिएको छ। कहाली लाग्दा भीरको कटान गरेर बाटो निर्माण भएपछि नै पर्वतको दक्षिणी क्षेत्रका बासिन्दाको यात्रा छोटिएको हो।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको अर्मादी देखि स्याङ्जाको मिर्मीसम्मको ५४ किमी सडक खण्डको स्तरोन्नतिका साथै कालोपत्रे गर्ने काम ६ वटा निर्माण कम्पनीले गरिरहेका छन्। पर्वतको कुश्मादेखि अब केही समयमै साइकलमै चढेर विहादी र पैयूँ पालिकामा पुग्न सकिने दाबी पर्वतका सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताउँदै आएका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.