|

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तिको लडाइँ भइरहेको बताएका छन्।

सोमबार लुम्बिनी प्रदेशले आयोजना गरेको १६ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसार अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताए।

उनले कुनै न कुनै रुपमा अधिकार दिन कन्जुस्याइँ गरेकाले गणतन्त्र संस्थागत हुन चुनौती थपिएको आरोपसमेत लगाए।

उनले भने, ‘अहिले पनि तहगत रुपमा संविधानले तोकेका अधिकारहरू प्राप्त हुन सकेको छैन।  गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएका छन्।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नुपर्ने समेत बताए। उनले अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप नगर्नुपर्ने भन्दै अधिकार प्रदेशमा दिन आग्रहसमेत गरे।

उनले भने, ‘जसले गर्दा गणतन्त्रको उपलब्धिलाई तल्लो तहसम्म पुर्‍याउँछ। अनि मात्र गणतन्त्रमा सबैको अपनत्व बढ्छ। प्रदेश सरकार यसलाई ध्यानमा राखेर कार्यक्रम बनाउँछ।’

प्रदेश सरकारले गणतन्त्र दिवस ३ दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाउने भएको छ। आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरि दिवस मनाएको छ भने मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.