|

काठमाडौं : सरकारले टेकुस्थित  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्षमता विस्तार गरी ३ सय शय्या पुर्‍याउने जनाएको छ। सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको हो। चालु आबमा नै सरकारले टेकु अस्पतालको क्षमता विस्तार गर्ने बताएको थियो।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसदमा आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै पोखरा, सुर्खेत, भरतपुर र डोटीमा निर्माण भइरहेका प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने समेत अर्थमन्त्री महतले घोषणा गरेका छन्। 

यसको लागि सरकारले सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन गरेको छ। सबैं संघीय अस्पतालमा बाँझोपन र निःसन्तान उपचार सेवा सुरु गर्ने अर्थमन्त्री महतले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.