|

काठमाडौं : सरकारले सांसद विकास कोष भनेर चिनिने  संसदीय पूर्वाधार विकास कार्यक्रम ब्युँताएको छ। 

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएका हुन्। 

‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत् सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु।’ उनले भने। 

यसक कार्यक्रम अन्तर्गत खर्च गर्दा न्यूनतम एक करोड विनियोजन हुनेगरी सडक, सिंचाई, खानेपानी, शिक्षा, पर्यटन, खेलकुद लगायत पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च गर्न सकिने महतले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.