|

काठमाडौं : कैलालीको धनगढी उपमहानगरपालिका– १६ स्थित महादेव तालमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी २५ वर्षीय लोकेश भाटको शब मंगलबार बिहान तालमा डुबेको अवस्थामा भेटिएको हो । 

तालमा नुहाउन गएका चारजनामध्ये भाट नफर्किएपछि खोजी हुँदा शव भेटिएको हो। उनीसँगै नुहाउन गएका तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउदले जानकारी दिए। 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.