|

चितवन : पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो। उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै उनको मृत्यु भएको हो।
 
लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नम्बरको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.