|

काठमाडौं : लमजुङ जिल्ला कारागारबाट दुईजना कैदीबन्दी फरार भएका छन्। 

बिहीबार बिहान साँढे २ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए। 

फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेका २७ वर्षीयविष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका–३ घट्टेखोलाका ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेको श्रीमलले बताए। 

कारागारबाट फरार भएका कैदीबन्दीको खोजी भइरहेको छ।  विक २०७९ साउन २४ गते जवरजस्ती करणी मुद्दामा र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.