|

काठमाडौं : भारत र चीनले एक–अर्को देशका पत्रकारलाई भिसा दिन बन्द गरेका छन्। 

बीबीसी हिन्दीले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्स र अमेरिकी अखबार वाल स्ट्रिट जर्नललाई उधृत गर्दै यी दुई देशले एक–अर्को देशका पत्रकारलाई भिसा दिन बन्द गरेको उल्लेख गरेको छ। चिनियाँ अखबार ग्लोबल टाइम्सले भारतले चिनियाँ पत्रकारलाई भिसा दिन रोक लगाउनु ‘खतरनाक प्रवृत्ति’ भन्दै यसले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउने उल्लेख गरेको छ। 

वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा यसै महिना भारतले चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारलाई भिसा नदिएको उल्लेख गरेको बीबीसी हिन्दीले जनाएको छ। यो रिर्पोटमा भारत र चीनले एक–अर्को देशमा पत्रकारको पहुँचलाई लगभग समाप्त पारिदिएको दाबी गरिएको छ। 

यस्तै उक्त रिपोर्टमा चीनमा रहेका चार भारतीय सञ्चारमाध्यमका पत्रकारमध्ये यसै वर्षको सुरुवातमा दुई भारतीय सञ्चारमाध्यमका पत्रकारको भिसा चीनले नथपेको उल्लेख छ। बाँकी दुई पत्रकारको भिसा थप्ने विषयमासमेत चीनले भारतले चाल्ने कदममा भर पर्ने जवाफ दिएको रिपोर्टमा जनाइएको छ। चीनले भारतमा रहेका चिनियाँ पत्रकार भेदभावपूर्ण र अनुचित रवैयाको शिकार बनेको र कुनै समय चीनका १४ पत्रकार भारतमा कार्यरत रहेकोमा अब एक जना मात्रै रहेको उल्लेख गरेको छ। 

सन् २०२० पछि भारतले चिनियाँ पत्रकारका लागि लामो अवधिको भिसा जारी गरेको छैन। सन् २०२१ को डिसेम्बरमा भारतले दुई महिना भिसा अवधि रहेका चिनियाँ पत्रकारहरुलाई फिर्ता पठाइदिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.