|

रौतहट : रौतहटको वृन्दावन नगरपालिका-२ स्थित श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुर लाखौँको चोरी भएको छ।

बुधबार राति विद्यालयमा ताला फुटाएर लाखौँको कम्प्युटर र सामग्री चोरी भएको हो। ती विद्यालयका प्रधानाध्यापक कक्ष, लेखा तथा प्रशासन फाँट र कम्प्युटर ल्याबमा चोर समूहले ताल्चा फुटाएर चोरी गरेका छन्।

कम्प्युटर ल्याबबाट ४ थान, स्मार्ट क्लाशबाट एक थान र लेखा तथा प्रशासन फाँटबाट एक थान कम्प्युटर गरी कुल ६ थान कम्प्युटर र केही  महत्वपूर्ण कागजात चोरी भएको भएको विद्यालयका प्रधानध्यापक प्रेमलाल पटेलले जानकारी दिएका छन्।

चोर समूहले विद्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरासमेत तोडफोड गरेको प्रशासन शाखाका प्रमुख रामअधार पटेलले बताएका छन्।

विद्यालयमा चोरी भएको थाहा पाएपछि वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी, पुर्व नगरप्रमुख राम स्नेही राय यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिकिन्द्र पटेललगायत स्थायी प्रहरी चौकी विश्रामपुरका र इलाका प्रहरी कार्यालय गरुडाका अनुसन्धान टोलीले विद्यालय अनुगमन गरेका छन्।

विद्यालयमा कसले चारी गरेको बारे इलाका प्रहरी कार्यालय गरुडाका अनुसन्धान टोलीले अनुसन्धान थालिएको बताएका छन्। प्रहरीले विद्यालयमा चोरी गर्नेको खोजी कार्य तीव्र पारिएको जनाए।

यसअघि पनि ती विद्यालयका प्रशासन शाखाबाट ल्यापटप र केही महत्वपूर्ण कागजात चोरी भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.