|

विराटनगर : भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर–१८ बुधनगरस्थित आइसिपीसम्म कार्गोरेल आइपुगेको छ।

भारतको बथनाहास्थित रेलवे स्टेशनबाट नेपाली उद्योगका कच्चा मालवस्तु बोकेर भन्सार क्षेत्रमा कार्गोरेल आएको हो। लामो समयदेखि उद्योगी–व्यवसायीले उठाउँदै आएको माग बिहीबारदेखि सम्बोधन भएको छ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेर बथनाहा–विराटनगर रेलमार्गको शुभारम्भ गरेको थिए। विराटनगर आइसिपी क्षेत्रमा अहिले रेल विभाग नेपाल, स्थानीय प्रशासन, भन्सार प्रशासन तथा उद्योगी व्यवसायीको उपस्थित रहेको छ।

भारत सरकारको सहयोगमा निर्माण भएको कार्गोरेल सेवा यो पहिलो हो। यात्रु रेल सेवा जनकपुर जयनगर सञ्चालनमा रहेको छ।

यस अगाडिसम्म नेपालको मालवस्तु रेलमा ल्याउँदा भारतको बथनाहासम्म आउने गरेको थियो। त्यहाँबाट कन्टेनर मालवहाक सवारीमा राखेर ल्याउनुपर्ने बाध्यता रहँदै आएको थियो।

अब भन्सार क्षेत्रमै कार्गोरेल अनलोड हुने भएपछि सहज भएको  उद्योगी व्यवसायीहरू बताउँछन्। धेरै वर्षदेखि कार्गोरेलको कुरा उठाइरहेको जुन विषयले मूर्तरूप लिएको उद्योगी अविनाश बोहोराले बताए। उनले   यो उद्योगी   कारिडोरको एउटा सबैभन्दा ठूलो लाइन रहेको बताए।

रोलबाट सामान ढुवानी हुँदा  लागतसमेत कम हुने उनले बताए।  उनले भने, ‘भोलिका दिनमा कार्गो यहाँबाट कटहरीसम्म जानेवाला छ, उद्योगी  करिडरलाई यसले फाइदा गर्छ।’

वीरगञ्जसँग व्यावसायिक प्रतिस्पर्धा कम भएर गएको अवस्थामा अब रेलको कारण यहाँको मार्केट बढेर जाने उनले दाबी गरे। कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरीसम्म रेलवे स्टेसनको विवाद सरकारले नसुल्झाउँदा कटहरीसम्म  कार्गोरेल पुग्न नसकेको बताए।

जग्गाको मुअब्जाको विषयमा विवाद अहिलेसम्म निकास दिन नसक्दा यो समस्या आएको उनी बताउँछन्। नेपालसम्म आइपुग्यो विराटनगरसम्म आइपुग्यो कार्गोरेल, विराटनगरबाट कटहरी १० किलोमिटर हो ८ किलोमिटरसम्म लिग  लगाइसकेको छ,’ उनले भने,‘अब लगभग २ किलोमिटर बाँकी छ त्यसमा पनि  ७ सय ५० किलोमिटरमा स्टेसन बन्नुपर्ने ठाँउमा विवाद भएको कारणले हो,विवाद पनि त्यति ठूलो होइन सरकारले चाहेमा मिलाउन सक्छ  तर सरकार र सरकारी निकाय कम्जोर भयो, मन्त्रिपरिषद् र अदाललतले गर्नुपर्ने कुरा समय नगरेका कारण आज पनि जनताले दु:ख पाएको कुरा हो।’ उनले दुई देशको गौरावको आयोजनाचाडै सम्पन्न गर्नुपर्ने भए पनि राज्यले गर्नु नसक्दा दु:ख लागेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.