|

काठमाडौं : नाटकप्रेमी दर्शकका लागि नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ।

चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध र भिखारी’ लाई चेतन आङथुपोले नाट्य रूपान्तरण गरेका हुन् भने अनिल सुब्बाले अनुवाद र परिकल्पनासँगै निर्देशन गरेका हुन्।

'आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भागेर भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको संघर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरेका छौँ', निर्देशक सुब्बाले भने।

नेपाली पौराणिक कथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिए।

यही जेठ ३२ गतेसम्म मञ्चन हुने नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले अभिनय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.