|

काठमाडौं : चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यप्रदेशको उज्जैन सहरस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन्।

देशका १२ ज्योतिर्लिङ्ग मध्येको एक महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका गभर्नर मंगुभाई पटेल, राज्यमन्त्री मोहन यादव र जगदीश देवडाले स्वागत गरेका थिए। प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्न मन्दिर परिसरमा रातो कार्पेट बिछ्याइएको थियो।

छिमेकी मुलुकबाट आएका पाहुनालाई स्वागत गर्न पुजारीहरुले शंख बजाएका थिए। भगवा रङको शाल लगाएर प्रचण्डले दिउँसो १ः३० बजे मन्दिरको गर्भगृहमा धार्मिक अनुष्ठान गरेका थिए। 

प्रचण्डले भ्रमणका क्रममा मन्दिरमा ‘रुद्राक्ष’ र ५१ हजार भारु (रु ८१ हजार ६००) चढाएका थिए। करिब ५५ किलोमिटर लामो बाटोमा कडा सुरक्षा व्यवस्थाबीच उनी सडक मार्गबाट ​​मन्दिर पुगेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.