|

काठमाडौँ : राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

शुक्रवार काठमाडौंको माइतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा प्रदर्शन भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न ठाउँमा विरोध भइरहेको छ। यसकै विरोधमा आज माइतीघरमा राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा विरोध प्रदर्शन गरेको छ।

उनीहरूले माइतीघरमा ढ्यांग्रो ठटाएर विरोध जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.