|

सल्यान : सल्यानमा लम्पी स्किन रोगबाट दुई महिनाको अवधिमा झन्डै एक हजार पशुचौपाया मरेका छन्। कालिमाटी गाउँपालिकाबाट फैलिएको रोग हाल जिल्लाका १० वटै पालिकामा फैलिएको छ।

दुई महिनाको अवधिमा ९९२ पशुचौपाया मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार शारदा नपाामा १०३, बनगाड कुपिण्डे नपामा १५०, बागचौर नपामा १२१, कालिमाटी गापामा ५६, त्रिवेणी गापामा ३६ पशुचौपाया मरेका छन्।

यस्तै सिद्ध कुमाख गापामा ९०, कपुरकोट गापामा ७४, दार्मा गापामा ९२, छत्रेश्वरी गापामा ३१ र कुमाख गापामा ७२ पशु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए।

यस्तै कार्यालयको तथ्यांकअनुसार शारदामा ४ हजार ६१६, बनगाडमा ३ हजार ५ सय, बागचौर नगरपालिकामा ४ हजार १२४, कालिमाटीमा ३ हजार ३१०, छत्रेश्वरीमा २ हजार ३ सय, त्रिवेणीमा २ हजार ८०, सिद्धकुमाखमा १ हजार ८९०, कपुरकोटमा २ हजार २५१, कुमाखमा ५ हजार ३१७ र दार्मा गापामा १ हजार ९७८ पशुचौपाया संक्रमित भएका छन्।

प्रमुख महतका अनुसार जिल्लाका सबै पालिकामा लम्पी स्किन रोगको महामारीले किसानलाई क्षति पुर्‍याएको छ। रोग नियन्त्रणका लागि कर्णाली प्रदेशले हाललाई २ हजार डोज खोप उपलब्ध गराएको छ।

अहिले विभिन्न पालिकालाई उपलब्ध गराई प्राविधिक खटाएर धमाधम गाईगोरुमा लगाउन थालिएको उनले  बताए। उनका अनुसार जिल्लाका लागि ३ हजार डोज खोप माग गरिएको र १ हजार डोज खोप आउन बाँकी रहेको बताए।

जिल्लाभरका ३१ हजार ६ सय किसानले झन्डै ७० हजारभन्दा बढी गाईगोरु पाल्दै आएका छन्। खेतीपाती गर्ने समयमा रोगले धमाधम गोरु मर्न थालेपछि किसान चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.