|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण फलदायी भएको बताएका छन्।  शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले आफ्नो चार दिने भारत भ्रमण फलदायी भएको बताएका हुन्। 

‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो,’ उनले भनेका छन्। 

प्रधानमन्त्री प्रचण्डले भारतको सबैभन्दा स्वच्छ शहरको पहिचान बनाएको इण्दौरस्थित फोहर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण नेपालका लागि उपयोगी हुने समेत विश्वास व्यक्त गरेका छन्। उनले भारतको प्रसिद्ध प्राचीन शहर उज्जैनमा रहेको महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको उल्लेख गर्दै न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानलगायतलाई धन्यवाद दिएका छन्। 

गत १७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डसहितको टोली आज साँझ ६ बजे काठमाडौं  फर्किँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.