काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको सांसद ठाकुर गैरेले जानकारी दिए।
आजको बैठकमा सरकारले ल्याएको आ.व. ०८०/०८१ को बजेट र राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको विवादस्पद नागरिकता विधेयकबारे छलफल हुने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।