|

काठमाडौं : काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन्।

शनिवार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिसँगको अन्तरसंवादलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नगरवासीलाई रोग लागेपछिको उपचारभन्दा पनि रोग लाग्न नै नदिने उपायबारे महानगरले काम गरिरहेको बताइन्। उनले देश विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन्।

उनले धेरैजना जनप्रतिनिधि प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यो कार्यक्रमले धरै सहयोग पुग्ने बताइन्। उनले जनप्रतिनिधिहरूको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिम दिनसके त्यसले धेरै फाइदा पुग्ने बताइन्। उनले मानिस स्वस्थ रहेमात्रै काम गर्न सकिने बताइन्।

उनले स्वास्थ्यसम्बन्धी तालिमबाट जनप्रतिनिधिले आफ्नो क्षेत्रका बासिन्दालाई सचेत बनाउन सक्ने बताइन्। वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘धेरैजना प्रतिनिधि प्रेसरका विरामी हुनुहुन्छ। मधुमेहको औषधि खानुहुन्छ। जनप्रतिनिधि स्वस्थ भए समाजमा धेरै काम गर्न सकिन्छ। हामी सबैलाई थाहा छ, स्वस्थ रहे हामी सबै छौँ। त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि गरिएको हो। आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ। हामी रोग लाग्न नदिनेतर्फ जान सक्छौँ। रोग लाग्न नदिनु पहिलो हाम्रो प्राथमिकता हो।’

डंगोलले यस्ता कार्यक्रमले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.