|

काठमाडौं : त्रिवि  शिक्षण अस्पतालले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ल्याउँदा नै आँखाको नानी फुलिसकेको बताएको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै  नेम्वाङलाई ल्याइपुर्‍याउँदा जीवनसम्बन्धी कुनै चाल नभेटिएको जनाएका हुन्। 

‘राति १ः५० बजे उपचारका लागि ल्याइएको र चिकित्सकबाट जाँच गर्दा जीवन सम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र ब्लडप्रेसर र पल्स अनरेकर्डेबल भएकाले चिकित्सकद्वारा ३५ मिनेटसम्म सिपिआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेतहरु नदेखिएकोले ३ बजे मृत घोषणा गरेको जानकारी गराइन्छ।’

कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भएमा बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि सिपीआर गर्ने गरिन्छ ।

यो प्रक्रियामा बिरामीको छाती थिच्नुका साथै मुखमा मुख जोडेर वा मुखबाट स्वासनलीसम्म पुग्ने गरी पाइप हालेर स्वासप्रश्वास गराउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.